अनुषा प्रधान (पूर्व विद्यार्थी)
पालुङ क्याम्पस

शिक्षा हो ज्ञान छर्ने प्रक्रिया
निर्देशनद्वारा सिक्ने र सिकाउने ।
बुद्धि(विवेक, सङ्घर्षको सहायताद्वारा
मानवीय गुण र विशेषता झल्काउने ।।
शिक्षा हो विशेष विधि
असक्षमलाई सक्षम बनाउने ।
शिक्षण र प्रशिक्षण दिएर
जान्ने र परिपक्व बनाउने ।।
शिक्षा हो उज्यालोको बत्ती
भ्रमका अन्धकार हटाउने ।
चेत र नैतिकता खुलाएर
ज्ञानी र असल बनाउने ।।
शिक्षा सबै छैन सही
कुनैलै गलत पनि बनाउने ।
शिक्षा सबैहोइन ज्योति
कुनैले भ्रमको अन्धकारमा फसाउने ।।
कस्तो खालको शिक्षा रहेछ भनी
सही र गलत आफैले छुट्याउने ।
अन्तरहृदयदेखि खोज(पहिचान गरी
बल्ल सिक्न पाइला अघि बढाउने ।।


