Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्षा, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

मानव जीवनमा शिक्षाकाे महत्व

Activities

पालुङ क्याम्पस -वार्षिक नीति तथा कार्यक्रम–२०८२/०८३

पृष्ठभूमिपर्यटकीय नगरी ऐतिहासिक कालदेखिको पालुङ शहर आधुनिक रुपमा शहरोन्मुख लघु उपत्यका संघीय राजधानी काठमाण्डौ र बागमती...

Campus

Palung Multiple Campue - Thaha Municipality

zoom मिटिङ सम्वन्धि सुचना

palung campus is inviting you to a scheduled Zoom meeting. Topic: palung campus building constructionTime: Sep 11, 2024 08:00...

कोषध्यक्ष: विमलकुमार ढकाल
पालुङ क्याम्पस

मानव जीवनमा शिक्षाको ठूलो महत्व रहेको छ । शिक्षाले नै मानिसको शारीरिक, मानसिक, बौद्धिक , आध्यात्मिक, सामाजिक सबै क्षेत्रको समान विकास गरी एउटा व्यक्तिको व्यक्तित्वलाई विकास गरी व्यक्तिलाई विकसित र पूर्ण बनाइ दिन्छ । जीवनमा आइपर्ने अप्ठ्यारहरुबाटपार पाउन सुख शान्ति पाउन , सुखशान्ति ज्ञान,कर्म, भक्ति सबैबाटमाथि उठेरआनन्दमा लान सक्ने शक्ति नै शिक्षामा छ ।

शिक्षाले मानिसको चौतर्फी विकास गर्दै मनुष्य जीवनलाई सत्,चित्, आनन्दको रसस्वादन गराउँदै दुःख पीडाबाट माथि उठाइ जीवनलाई कर्मठ बनाउने न्याय,सत्य, नैतिकता सदगुणहरुको विकास गरी व्यक्तिलाइ समाजको उत्कृष्टव्यक्तित्व बनाइदिने महत्वपूर्ण काम शिक्षाले नै गर्दछ । यही सेरोफेरोमा विश्वभरिमा देखिएको प्रगति हाम्रा ऋषि मुनिहरुदेखि सन्त माहात्मासम्मले विगतदेखि वर्तमान सम्ममा विश्वलाई पुर्याएको योगदानको पाठबाटआजको विश्व लाभान्वित भइ ऋणी रहन गएको छ।

मनिसको प्रत्येक विकासमा आमाहरुको ठूलो शिक्षा र योगदान रहेको छ ।एउटा बच्चा आमाको गर्भमा छदादेखि नै शिक्षा ग्रहण गर्न थाल्द ।शिक्षा शव्द धेरै व्यापक र मनुष्य जीवनम अत्यन्त महत्वपूर्ण शव्द हो शिक्षित मान्छेसंग दया,माया,करुणा जस्ता गुण अनिवार्य रुपमा हुनु पर्दछ किनकी शिक्षा दिक्षादुई हाम्रो समाजको लोकोक्तिको शव्द हो । सम्पूर्ण शिक्षालाई आफ्नो आचरणमा उतार्ने विज्ञान नै दिक्षा हो । अनुशासन आचरण र मर्यादा जस्ता भावनामा उत्कृष्टता जसले हासिल गर्छ उ नै शिक्षित कहलिन्छ ।

वर्तमान समाजमा ज्ञानलाईभन्दा सीपलाई र सीपसँग आर्थिक उपार्जनलाई जोडेर हेर्ने परम्परा नै बसी सकेको छ । आजका मानिसहरु आध्याम्कि पक्षलाई भन्दा भौतिक पक्षलाई बढी जोड दिने अवस्था सृजना भएको छ । आजका विद्यार्थीहरु उच्च शिक्षा आर्जनमा भन्दा आर्थिक पक्षको सबलीकरणका सपना बुनेर आफ्नो देशमाभन्दा विदेशमा छिटै जाने र उच्च शिक्षा अध्ययन गर्ने चासो चिन्तनमा कमी आएको अवस्था छ ।देशभरउच्च शिक्षा लिनका लागि भर्ना हुने विद्यार्थी सङ्ख्या उल्लेख्य रुपमा घटेर गएको छ । शिक्षाले मानिसलाई ज्ञान, सीप, धारणा दिनुका साथै रोजगार प्रदान गर्दछ । वैदेशिक रोजगारमा जाँदा पनि पढेको व्यक्ति र नपढेकोमा धेरै अन्तर आउछ , काममा सरलता आम्दानीमा बढी हुने अवस्था हुने भएकाले कम्तीमा पनि स्नातक तह उत्तीर्ण गर्नका लागि सरकारी तवरबाट पनि अनिवार्य व्यवस्था गर्नुपर्ने देखिन्छ ।

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...