Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्ष, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

वर्तमान स्थिति र आगामी योजना

Activities

पालुङ क्याम्पसले निर्वाह गरेको सामुदायिक शैक्षिक भूमिका

हरिकृष्ण कार्कीउपप्राध्यापक (पालुङ क्याम्पस) पालुङ क्याम्पस थाहा नगरपालिका मात्र नभएर मकवानपुर जिल्लाकोउत्तरी क्षेत्रकैएक मात्र...

देश आफै बन्दैन ! बनाउने हो ।

सानोभाइ कार्की संस्थापक अध्यक्ष -पालुङ् क्याम्पस आज मुलुकलेआहवान गरिरहेछ, हे युवाहरु हो आऊ मसंग भएको अथाह...

शिक्षा ‍-कविता

अनुषा प्रधान (पूर्व विद्यार्थी)पालुङ क्याम्पस शिक्षा हो ज्ञान छर्ने प्रक्रियानिर्देशनद्वारा सिक्ने र सिकाउने ।बुद्धि(विवेक, सङ्घर्षको...

मानव जीवनमा शिक्षाकाे महत्व

कोषध्यक्ष: विमलकुमार ढकालपालुङ क्याम्पस मानव जीवनमा शिक्षाको ठूलो महत्व रहेको छ । शिक्षाले...

वर्तमान स्थिति र आगामी योजना

राजन मिश्र क्याम्पस प्रमुख आफ्नो जन्मोत्सव २१ औं वर्ष मनाउँदै गरेको यो क्याम्पस यस जिल्लाको...

राजन मिश्र

क्याम्पस प्रमुख

आफ्नो जन्मोत्सव २१ औं वर्ष मनाउँदै गरेको यो क्याम्पस यस जिल्लाको उत्तरी भेगकै एक मात्र उच्च शैक्षिक संस्था हो । रुपचन्द्र विष्टको जन्मथलो यस थाहा नगरपालिकामा थाहा दर्शन अनुशरण गर्दै सवैले थाहा पाउनुपर्छ, थाहा पाउनको लागि अध्ययन अध्यापन गराउनुपर्छ भनेर नै मकवानपुर वहुमुखी क्याम्पसको सहयोगमा मकवानपुर बहुमुखी क्याम्पस विस्तारित कार्यक्रम पालुङको नामबाट वि. सं. २०५३ सालमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन एवम् मानविकी सङ्कायको अध्ययन आरम्भ भएको हो । वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन संकाय संचालन गर्न सम्बन्धन प्राप्त यो क्याम्पस २०६५ सालसम्म जनकल्याण मा.वि. कै भवनमा सञ्चालन हुँदै आएकोमा त्यसपछि हालको स्थान र भवनबाट सञ्चालन भइरहेको छ । नगरपालिका वन्नुभन्दा अगाडी यस क्याम्पस सञ्चालर्नाथ दामन पालु्ङ आर्थिक विकास समितिले मातृसस्थाको रुपमा आर्थिक सहयोग प्रदान गर्दै आइरहेको थियो भने थाहा नगरपालिका बनेपछी थाहानगरपालिकाको निरन्तर आर्थिक सहयोगमा सञ्चालित छ ।


दूरदृष्टि (vision)
पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने ।


अभियान (mission)
नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

भौतिक स्थिति
१‍. ९ कोठे भवन भूकम्पले जीर्ण, प्राविधिकका अनुसार पूरै भवन अयोग्य
४ कोठे पुस्तकालय भवन कम्युटर ल्याव तथा कक्षाकोठा प्रयोजनमा प्रयोग गरेको जुन विश्व विद्यालय अनुदान आयोगकोमा निर्मित
२ कोठे भवन (क) जि.वि.स.को अनुदान सहयोगमा निर्मित हाल व्यवसायिक प्रयोजन
२ कोठे भवन (ख) समाजिक विकास मन्त्रालय अन्तरर्गत सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीको सहयोगमा निर्माण गरिएको हाल नगरप्रहरिले प्रयोग गरिरहेको ।
१४ कोठे भवन जसमा ५ लाख सप्ताह र ४ लाख जि.वि.स. वाकी सबै विश्वविद्यालय अनुदान आयोगवाट अनुदानमा निर्मित तर ३ कोठा थपेर पूर्णता दिनुपर्ने छ ।
२. कम्प्युटर ५ थान र १ ल्याप्टप चालु विश्वविद्यालय अनुदान आयोगको सहयोग
३. डेस्क, बेन्च, कुर्शी(फर्निचर) पर्याप्त छ । विश्व विद्यालय अनुदान आयोगको अनुदानमा खरिद गरिएका
४. पुस्तकालय एवं पुस्तक पुस्ताकालय फर्निचर विश्वविद्यालय अनुदान आयोगबाट सहयोग प्राप्त भए पनि पाठ्यक्रम परिवर्तन भएकोले पाठ्यपुस्तक र अन्य सन्दर्भ पुस्तकहरु थप्नुपर्ने छ।
५. खेल मैदान÷खेल पूर्वाधार बास्केटबल कोर्ट, भलिबल कोर्ट र टेबलटेनिस बोर्ड । विश्व विद्यालय अनुदान आयोगबाट सहयोगमा निर्माण गरिएको ।
६. गेटवाल,चौर व्यवस्थापन र शिलास्तम्भ समाजिक विकास मन्त्रालय ,सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीको सहयोगमा निर्माण गरिएको
७. सौचालय वडा नं. ३ को कार्यलयको सहयोगमा
८. छात्रावास नभएकोले भौगोलिक विकटताले दुर दराजका विद्यार्थि पालुङमै पनि डेरा लिन पर्ने बाध्यताका कारण काठमाडौ हेटौडा गइरहेको र यहाँ पढिरहेकालाई पनि दैनिक क्याम्पस पठनपाठन गर्न असहज भएकोले सामुदायिक स्तरको छात्रावास निर्माण गर्नसकेको खण्डमा क्याम्पसमा विद्यार्थि सख्या बृद्धी गर्नसकिने सम्भावना देखिन्छ ।

पुस्तकालयको अवस्था
पुस्तकालयमा पुस्तकहरु ६२४० को हाराहारीमा भएर पनि निरन्तर पाठ्यक्रम परिवर्तनले गर्दा पाठ्य तथा सन्दर्भ पुस्तकहरुको अभाव झेल्दै आइरहेको अवस्थामा प्रति विद्यार्थि रु ५०० पुस्ताकालय शुल्क थप गरि पाठ्यक्रमा आधारित सम्र्पुण पुस्तक क्याम्पसबाटै उपलब्ध गराउन थालिएको छ तर पनि अतिरिक्त थप सन्दर्भ पुस्तकहरु खरिद गर्न सहयोगीदाताहरुको खोजि गर्नु पर्ने अवस्था भने विध्यमान छ । यस प्रक्रियामा थप अभियान चलाएर विद्यार्थीहरुले चाहेको पुस्तक दिने दिशामा क्याम्पस प्रशासन अग्रसर रहेको छ ।

अतिरिक्त क्रियाकलाप
लघु अनुसन्धान, फिल्डवर्क रिपोट,प्रोजेक्ट रिपोट जस्ता वौद्धिक कार्यका अतिरिक्त अध्ययन अध्यापनमा थप रुचि ल्याउने कार्यमा क्याम्पस प्रशासन निरन्तर रुपमा लागेको छ । आवश्यक्ता र माग बमोजिम विभिन्न उत्सव पर्वहरुमा समय सापेक्ष वक्तृता, वादविवाद, कविता, गीत, गजल, निबन्ध वाचन लेखन , तथा विविध खेलकूद प्रतियोगिता गर्दै आइरहेकै छ ।
जनशक्ति
क्र.सं. जनशक्ति विवरण संख्या
१ प्राध्यापक १४
२ कर्मचारी ३
जम्मा १७

विद्यार्थी भर्ना र परीक्षा नतीजा छात्र–छात्राको भर्ना विवरणको तुलनात्मक स्थिति
वर्ष जम्मा भर्ना छात्र सङ्ख्या छात्र प्रतिशत छात्रा सङ्ख्या छात्रा प्रतिशत
२०७८/०७९ जम्मा १६२ छात्र ५९ छात्रा १०३
२०७९/०८०जम्मा १६३ छात्र ५७ छात्रा १०६
२०८०/०८१ जम्मा२०३ छात्र ६९ छात्रा १३४

नतीजा : विद्यार्थि भर्नामा बृद्धी सगसगै विदेश पढन जाने तथा वैदेशिक रोजगारमाजाने लहरको कारण क्याम्पस छोड्ने दर बढिरहेकै छ । क्याम्पसमा नियमित उपश्थिति भइ पठनपाठन गर्ने अधिंकास विद्यार्थिको नतिजामा भने उल्लेखनिय बृद्धी भएको छ नतीजाको विवरण हेर्दा यस क्याम्पसबाट हरेक शैक्षिक वर्ष उत्कृष्ट नतीजा आएको देखिन्छ । २०७७/०७८ र २०७८/७९ मा क्रमशः २५ /२४ जना विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक शत्र २०७९/८० मा ४८ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थीमध्ये धेरैजसो छात्राहरु उत्तीर्ण भएका छन् । शैक्षिक वर्ष २०८० उत्तीर्ण विद्यार्थीमध्ये ३३ जना छात्रा रहेका छन् । नतिजाको विवरण हेर्दा यस क्याम्पसबाट हरेक शैक्षिक वर्ष उत्कृष्ट नतिजा आएको देखिन्छ । यसलाई परीक्षामा सहभागी विद्यार्थी तुलना गर्दा त्रिभुवन विश्वविद्यालयको औसत नतीजाभन्दा बढी हुन आउँछ । उत्तीर्ण प्रतिशतमा छात्राहरुको आँकडा ८८.४६ प्रतिशत रहेको छ ।

प्रविधि योजना
यो समय प्रविधिमैत्री पठनपाठन, अनुसन्धान एवं कार्यालय सञ्चालनको हो । यस दृष्टिकोणबाट हेर्दा आधारभूत रुपमा कम्युप्टर, फोटोकपि मेसिन, प्रिन्टर, प्रोजेक्टर, भएपनि यसमा थप विकास र विस्तार गनुपर्ने आवश्यकता विद्यमान छ । यसको थप वृद्धिको लागि दाता संघसंस्था र व्यक्तिको खोजी गर्ने कार्यमा संस्था अग्रसर छ ।
छात्रबृत्ति योजना
शैक्षिक आकर्षण ल्याउँदै प्रतिभावन् तथा गरिब जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न छात्रवृत्ति अभियान चलाउँदै आइरहेको छ । गत आ..व.मा प्राप्त भएका छात्रवृत्तिहरु

विश्वविद्यालय अनुदान आयोग वाट रुः७५०००
जिल्ला समन्वय इकाई मकवानपुर वाट रुः ७२०००
थाहा नगरपालिका सामाजिक विकास साखा दलित छात्रबृति वाट रुः५००००
थाहा नगरपालिका वार्ड नं २ बाट छात्रवृत्ति रुः५००००
थाहा नगरपालिका वार्ड नं ३ बाट बुहारी छात्रवृत्तिरुः ४००००
थाहा नगरपालिका वार्ड नं ४ बाट बुहारी छात्रवृत्ति रुः४००००
बलमकुन्द ढकाल छात्रवृत्ति कोष वाट रुः३६०००
पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.वाट रुः ३००००
पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि वाट रुः २५०००
स्व.शंकर कार्कीको स्मृतिमा चिनिमाया कार्की रुः२२०००
स्व.भक्त कुमारी ढकालको स्मृतिमा अच्युत्तम प्रसाद ढकाल वाट रुः२२०००
कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लि वाट रुः १००००
शिखर बचत तथा ऋण सहकारी संस्था लि वाट रुः १००००
स्व.वासुदेव ढकालको स्मृतिमा प्रकाश ढकाल वाट रुः१००००
स्व.वद्रि प्रसाद ढकालको स्मृतिमा विष्णु प्रसाद ढकाल वाट रुः१००००
स.प्र श्री गोपाल उप्रेती वाट रुः७५००
श्री अरुण रायमाझी वाट रुः३ ५०००
स्व.अमर प्रसाद अधिकारी स्मृतिमा रामहरी अधिकारी वाट रुः५०००
स्व.लिलाध्वज कार्कीको स्मृतिमा हरिकृष्ण कार्की वाट रुः५०००
स्व.मनिष रायमाझीको स्मृतिमा मधुसूदन रायमाझी वाट रुः ५०००
जम्मा लाभान्भित विद्यार्थि ५१ जना रुः ५२९५००
दाताहरु सवैलाई यस सभामा विषेश धन्यवाद दिन चाहन्छु र निरन्तर सहयोगको पनि अपेक्षा राख्दछु । साथै शिक्षाप्रेमी महानुभाव, समाजसेवी, बैक तथा वित्तिय संघ सस्थाहरुले पनी छात्रबृति कार्यक्रममा सहभागीता जनाई सहयोग गर्नुभएकोले विद्यार्थिहरुलाई अध्ययनका लागी थप उर्जा प्रदान भएको छ । यो योजनालाई थप प्रचार गर्दै लाने क्याम्पसको दीर्घकालिन योजना रहेको छ ।


आर्थिक अवस्था
आर्थिक स्थितिको कुरा गर्दा क्याम्पस सङ्क्रणमा छ । विद्यार्थी नै आर्थिक आर्जनको मूल स्रोत हो । हाल न्युन विद्यार्थी र आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीहरुबाट क्याम्पस चलाउनु हम्मेहम्मे भैरहेको स्थिति छ । स्थानीय सरकार, स्थानीय दानवीर दाताहरु तथा सहयोगी सवै संघसंस्था तथा व्यक्तित्वहरु नभएको भए यसको गति बन्द भैसक्दथ्यो । यसमा क्रमिक सुधार हुँदै गएको छ र अझै बढी धेरैभन्दा धेरै सहयोगी सबै संस्था एवं व्यक्ति व्यक्तित्वको साथ चाहिएको छ । यस संस्थाको वर्तमान आर्थिक स्थिति यसै स्मारिकामा कोषाध्यक्षज्यूको प्रतिवेदनमा समेटिएको छ ।

वर्तमान स्थिति
आर्थिक अभावको समाधानका लागि विकल्पहरुको खोजी र रोजगारीका अवसरको खोजी, भौगोलिक विकटताको समस्या निराकरणको लाग्ाि श्रोत मा.वि. संगको सहकार्य र सहयोगको भावनाले अध्ययन अध्यापनमा थप उर्जा थपेको छ । तसर्थ यस पक्षमा आफ्नोस्तरबाट सबैले सकारात्मक प्रयास गर्नुपर्ने स्थिति गम्भीर रुपमा विद्यमान छ ।


सामाजिक प्रगति
सामाजिक गतिविधिहरुमा क्याम्पसको सहभागिता
क) विपद व्यवस्थापनमा सक्रिय सहभागिता
ख) स्थानीय विभिन्न संघसंस्थाका गतिविधिहरुमा सहभागी
ग) समुदायमा सचेतनामूलक कार्यक्रमहरुमा सक्रिय सहभागिता
क्याम्पसकालागि समाजको सहयोग
क) क्याम्पसका विकासका लागि भौतिक एवं आर्थिक सहयोग,
ख) गरिव एवं जेहेन्दार छात्रछात्राका लागि आंशिक एवं पूर्ण छात्रवृत्ति प्रदान,
ग) क्याम्पसको दीर्घकालीन विकासको लागि जग्गादान,
घ) गुणात्मक, व्यवस्थित अध्ययन–अध्यापनको लागि चासो, सुझाव ।


समाजकोलागि क्याम्पसको योगदानसम्बन्धी योजना
क) समाजको संस्कृतिको लागि स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा बिक्ने प्रतिस्पर्धी नागरिक बनाउन उच्च शैक्षिक वातावरण निर्माण गर्ने ।
ख) राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वस्तुस्थितिसँग अवगत गराउँदै समाजलाई अग्र दिशामा लैजान तदनुसारको छलफल गोष्ठी गरेको र गर्दै जाने,।
ग) विद्यार्थीलाई समाज रुपान्तरणमुखी कार्यक्रम एवं कार्यमा सरिक गराएर युगीन ज्ञान प्रदान गर्ने, ।
घ) समाजलाई युगीन चेतना प्रदान गर्ने विविध विषयका विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरेर समय समयमा गोष्ठी ,छलफल, अन्तरक्रियाका माध्यमबाट दिक्षित गराउने ।


क्याम्पसका मुख्य सवाल ,समस्या र चुनौतिहरु
क)श्रोत विद्यालय र अपेक्षाकृत विद्यार्थीको न्यूनता ।
ख) प्रविधिमैत्री अध्ययन एवं अध्यापन आरम्भ थप विकास गर्नुपर्ने
ग) उच्च तहको अध्ययनमा आकर्षण कम हुँदै जानु
घ) रोजगारमुखी चिन्तनको कारण सहर एवं विदेशको अधिक आकर्षण
ङ) प्राज्ञिक वातावरणको कमी
च) वहुविषय ज्ञान स्थानीय स्तरमा नहुनु जस्तो भाषा, लोकसेवा, आयल्स, टोफेल आदि
छ) छात्राबासको व्यवस्था गर्नसकिएमा भौगालिक विकटताका कारण दूरदराजका विद्यार्थीहरु पढ्ने वातावरण सृजना हुने ।
ज) उच्च शिक्षा प्राप्तिपछि स्थानीय क्षेत्रमा अवसरको अभाव ।


समस्या समाधानका लागि भएका प्रयासहरु
क) संस्थाको भौतिक विकासका लागि स्थानीय हुँदै विश्वविद्यालय अनुदान आयोग, प्रादेशिक एवं केन्द्रीय सरकार तथा सरोकारी संघसंस्थासम्म योजनावद्ध रुपमा योजना पु¥याएर माग गर्दै सम्पन्न गर्दै आएको
ख) श्रोत माविमा अभिमुखीकरण कार्यक्रममार्फत सम्पर्क गरी विद्यार्थीहरुलाई उच्चशिक्षा प्रतिको चाहना जगाएको ।
ग) क्याम्पसको आन्तरिक भौतिक, शैक्षिक वातावरण सुधार गर्दै नतीजा बढोत्तरी गर्दै गएको ।
घ) अभिभावक, स्थानीय अगुवा, वुद्धिजीवी, जनप्रतिनिधि सम्मिलित गरी विभिन्न समय छलफल, गोष्ठी गर्दै सकारात्मक सुझावलाई कार्यान्वयन गरेको ।
ङ) जेहेन्दार एवं गरिव विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पु¥याउन क्याम्पस स्वयं, क्याम्पसका प्राध्यापनकर्मी, विभिन्न संघसंस्था तथा व्यक्तित्वसँग छात्रवृत्ति माग गरी उपलब्ध गराइएको ।
च) उच्च शिक्षाको महत्व बुझेका र बुझाउन सक्ने दूरदर्शी, समर्पित सहयोगी व्यक्तित्वलाई सञ्चालक समितिमा समेट्दै लैजाने गरेको ।
छ) प्रतिभा प्रस्फुटनका विविध कार्यक्रम विभिन्न स्थानीय संघ संस्थासँग मिली गरेको ।
ज) प्राध्यापकको वृत्ति विकासको लागि आवश्यकता अनुरुप विषयगत सेमिनार, गोष्ठी एवं कार्यशालामा पठाउने गरेको ।


समस्या तथा चुनौती सम्बोधनका लागि आगामी योजनाहरु
क) क्याम्पसको शैक्षिक, आर्थिक एवम् भौतिक वृहत्तर विकासलाई केन्द्रमा राखी सरोकारी वर्ग बीचमा बहुपक्षीय भेला गर्ने, छलफल गर्ने ।
ख) सरोकारी वर्गहरुको माझबाट क्याम्पस विकासका थप प्रभावकारी पक्षहरु पत्ता लगाई उपसमिति गठन गरी कार्य प्राप्ति नभएसम्म लाग्ने अवस्था निर्माण गर्ने, निरन्तर निष्ठाका साथ लाग्ने स्थिति पैदा गर्ने
ग) उच्च शिक्षालाई उन्नत बनाउन बल पु¥याउने सबै विद्यार्थी, राजनीतिक दल, उद्योगपति, अभिभावक, वुद्धिजीवी वर्गलाई यसको प्रत्येक सफलता असफलतामा सरिक बनाउँदै लैजाने
घ) आर्थिक सवलीकरण, यातायात व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन, प्रविधिमैत्री प्रशासन, पर्याप्त पुस्तक एवं सुविधासम्पन्न पुस्तकालय, ज्ञान र सीपले दक्ष प्राध्यापक एवं कर्मचारी बनाउँदै लैजाने ।
ङ) राष्ट्रिय–अन्तरराष्ट्रिय स्थितिअनुसार अल्पकालीन एवम् दीर्घकालीन योजना बनाएर क्याम्पस संचालक समितिजस्ता पक्षलाई समेटी जानु पर्ने आवश्यक एवं बहुवर्षीय योजना निर्माण गरिएको ।


अन्त्यमा क्याम्पस सम्वृद्धिको उज्यालो यात्रामा बिस्तारै बिस्तारै अघि बढिरहेको छ । यससँग सरोकार राख्ने, विकास चाहने, माया गर्ने राजनीतिक व्यक्तित्व, जनप्रतिनिधि, सामाजिक अगुवा, समाजसेवी, वुद्धिजीवी, उद्योगपति, व्यापारी, वित्तीय संघसंस्था, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी, तथा आम जनसमुदायले मन बचन र कर्मले निरन्तर सहयोग गर्दै जाँदा यसको भविष्य उज्यालो देखिन्छ । यस सामुदायिक क्याम्पसलाइ यहाँ सम्म ल्याउन सहयोग गर्नु हुने आदरणीय व्यत्तित्वहरु, शिक्षाप्रेमी, राजनीतिज्ञ, सामाजिक अगुवा, उद्योगपती, दानवीर दाता, अभिभावक, शिक्षक, विद्यार्थी एवं सरोकारी सबै बर्गमा निरन्तर सहयाेगकाे अपेक्षा राख्दछु ।

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...