Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्ष, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

पालुङ क्याम्पसले निर्वाह गरेको सामुदायिक शैक्षिक भूमिका

Activities

पालुङ क्याम्पसले निर्वाह गरेको सामुदायिक शैक्षिक भूमिका

हरिकृष्ण कार्कीउपप्राध्यापक (पालुङ क्याम्पस) पालुङ क्याम्पस थाहा नगरपालिका मात्र नभएर मकवानपुर जिल्लाकोउत्तरी क्षेत्रकैएक मात्र...

देश आफै बन्दैन ! बनाउने हो ।

सानोभाइ कार्की संस्थापक अध्यक्ष -पालुङ् क्याम्पस आज मुलुकलेआहवान गरिरहेछ, हे युवाहरु हो आऊ मसंग भएको अथाह...

शिक्षा ‍-कविता

अनुषा प्रधान (पूर्व विद्यार्थी)पालुङ क्याम्पस शिक्षा हो ज्ञान छर्ने प्रक्रियानिर्देशनद्वारा सिक्ने र सिकाउने ।बुद्धि(विवेक, सङ्घर्षको...

मानव जीवनमा शिक्षाकाे महत्व

कोषध्यक्ष: विमलकुमार ढकालपालुङ क्याम्पस मानव जीवनमा शिक्षाको ठूलो महत्व रहेको छ । शिक्षाले...

वर्तमान स्थिति र आगामी योजना

राजन मिश्र क्याम्पस प्रमुख आफ्नो जन्मोत्सव २१ औं वर्ष मनाउँदै गरेको यो क्याम्पस यस जिल्लाको...

हरिकृष्ण कार्की
उपप्राध्यापक (पालुङ क्याम्पस)

पालुङ क्याम्पस थाहा नगरपालिका मात्र नभएर मकवानपुर जिल्लाकोउत्तरी क्षेत्रकैएक मात्र उच्च शिक्षा प्राप्त गर्ने अवसरको केन्द्र हो । थाहा नगरपालिकाभित्र सामुदायिक र निजी गरी १७ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहे पनि कक्षा १२ सम्म सञ्चालनमा रहेकाे ६ वटा माध्यमिक विद्यालय रहेको अवस्था छ । साविक दामन पालुङ उपत्यकामा अनौपचारिक र औपचारिक अनौपचारिक रुपमा शिक्षाको इतिहास लामो रहेको छ यद्यपी थाहा नगरपालिकामा उच्च शिक्षामा विद्यार्थीहरुले रोजेको र खोजेको विषयको अध्ययन गर्न पाउने वाताबरण अझै बन्न सकेको छैन । शिक्षामा लगानी गर्नुपर्दछ र शिक्षानै विकासको पुर्वाधारहरुको पनि पुर्वाधार हाे भन्ने चेतनाका साथ रुपचन्द्रविष्टकोअगवुाइमा स्थानीय उत्पादन आलु
तथा तरकारीजन्य वस्तुबाट उठेको कर शिक्षा क्षेत्रमा नै लगानी गर्नु र पाविस २०३१ हुँदै दामन पालुङ आर्थिक विकास समितिसम्म आइपुग्दा पनि शिक्षाको लगानीमा प्राथमिकता दिनु शैक्षिक क्षेत्रमा देखिएको सक्रियता रचिन्तन हो ।


२०४८ सालदेखिको स्थानीय वुद्धिजीवि,शिक्षाप्रेमीहरुको निरन्तर प्रयासका कारण २०५३ सालमा मकवानपुर बहुमुखी क्याम्पसको विस्तारित कार्यक्रमको रुपमा तत्कालीन प्रवीणता प्रमाण पत्र
तह सञ्चालनमा रहेको र २०६० सालमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन र मानविकी
सङ्काय जनकल्याण माविको भवन र प्राङ्गणमा हुर्केको शिक्षाको विरुवा हो । विस्तारित कार्यक्रमदेखि
स्वायत्त स्नातक तहको क्याम्पस हुदै वर्तमान अवस्थासम्म आइपुग्दाको यात्रामा थुप्रै सङ्घर्ष र उकाली ओरालीहरु पार गरेको छ । साविक दामन पालुङमा उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाको
अभावमा स्नातक तहकोनैशिक्षा लिन बञ्चित रहेका व्यक्तिहरु आज ४०० जनाभन्दा बढीले स्नातक उत्तीर्ण
गरी स्नातकोत्तरसम्मको अध्ययनको उच्च अभिलाषालाई पूरा गरेको छ । कक्षा १२ उत्तीर्ण भएकाहरु पनि पेशा व्यवसायसहितको अध्ययनको विकल्पमा राजधानी काठमाण्डौर हटेौंडा जाने भर्ना भएका विद्याथीर्ह रु पनि वदैेिशक राजे गारी र अध्ययनको विकल्पको खोजीमा बीचैमा अध्ययन छाड्ने समस्या प्रवल रुपमा देखिएको छ । यस प्रकारको समस्या हाम्रो मात्र नभएर आज देशव्यापी रुपमा देखिएको छ । समयक्रमसँगै स्नातक तह ४वर्षे कार्यक्रम लागु भए पश्चात विद्यार्थीहरुको मनस्थिति पनि ४ वर्ष पढेपछि आगामीस्थायित्व केहनुे?त्योभन्दा अगाडी नैवदैेशिक रोजगारीमा जाने सोच एकातिर बढेर गएको देखिन्छ भने अर्कातिर विद्यार्थी न्यूनताका कारण र ४ वर्षे कार्यक्रमले बढेको आर्थिक व्ययभार बढ्दै गएको छ । अन्य विकासको तुलनामा शिक्षामा गरिने लगानी तत्कालै प्रतिफल देखिदैन यसको प्रभाव दीर्घकालिन रुपमा देखिने भएकाले तत्कालै देखिएका समस्याहरुको न्युनिकरणकालागि स्थानीय जनप्रतिनिधि, समाजसेवी,
शिक्षाप्रेमीहरुको एकमना एकता कायम गरी युगको माग अनसार नयाँपा्रविधिक विषयहरु र सङकायहरु
गरी अगाडी बढ्नु पर्छ ।

हालसम्म सामुदायिक क्याम्पसहरुमा भाग्यमानी क्याम्पस नै यस अर्थमा मान्नु पर्दछ कि थाहा नगरपालिकाले लामो समयदेखिको परम्परालाई कायम गरी सञ्चालन अनुदानको रुपमा नियमित प्रदान गरिरहके ोछ ।
मुलुकको समग्र विकास र आधुनिकरणमा उच्च शिक्षाको उल्लेख्य योगदान छ । कुनैपनि मुलुक कति सभ्य,भव्य र समृद्ध छ भनेर मापन गर्ने आधार नै हो । देश विकासका लागि आवश्यक पर्ने उच्चस्तरको
दक्ष जनशक्ति उत्पादन गर्ने कार्य त्यसदेशको राष्टिूय शिक्षा नीतिकोसफल कायनर््वयनमा भर पर्दछ । ग्रामीण क्षेत्र वा देशका दूरदराजमा रहेका जनताहरुले आफ्नो स्थानीय श्रातेसाधनलाईपरिचालन गरीकमजारे आथिर्क अवस्था भएका परिवारका सन्ततिलाई उच्च शिक्षा प्रदान गर्ने काममा सामुदायिक क्याम्पस अव्वल ठहरिएका छन् ।यसबाट समुदायको शैक्षिक नेतृत्वको विकासमा मद्धत पुग्नुका साथै स्थानीय स्तरमा उच्च
शिक्षाको पहँुचमा वृद्धि भएको छ । सामुदायिक क्याम्पसबाट विशेष गरी समुदायका निम्न आय भएका
सर्वसाधारणका छोराछोरीलेसस्तोमा गण्ुास्तरीय शिक्षा गह्रण गरिरहेका छन्। स्थापना कालदेखि समदुायको सक्रिय सहभागिता रहने र व्यवस्थापनको जिम्मेवारी समेत समुदायमा रहनेहुदाँ सामुदायिक क्याम्पसको रुपमा स्थापित पालुङ क्याम्पस ग्रामीण भेगका सीमान्तकृत,दलित, महिलाहरुले उच्च शिक्षा नपाउने स्थितिबाट पाउनेस्थितिमा पुग्नुनिश्चय नै उपलब्धीको अवस्था हो ।


समग्रमा सामुदायिक अपनत्व र संरक्षण हाम्रो ठूलो सम्पत्ति हो । यसैलाई उपयोग गर्दै वर्तमानको
आवश्यकता अनुरुपका शैक्षिक कार्यक्रमहरु प्रभावकारी बनाउने दिशामा अघि बढ्नु पर्दछ ।
सहरोन्मुख ग्रामीण समाजको उन्नत शैक्षिक उन्नयनमा यस सामुदायिक क्याम्पस पालुङ क्याम्पसले थप टेवा पुर्याउदै जानेमा आशावादी बन्न सकिन्छ ।

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...