Background

पृष्ठभूमि

महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गरी वि. सं. २०६० साल भाद्र ५ गते देखि क्याम्पस सञ्चालन हुँदै आएको छ । उन्नाईसौँ वसन्तमा प्रवेश गरेको यो क्याम्पस मकवानपुर जिल्लाको उत्तरी क्षेत्र वा थाहा नगरपालिकामा सञ्चालित एक मात्र सामुदायिक क्याम्पस हो ।
मकवानपुर वहुमुखी क्याम्पसको सहयोगमा मकवानपुर बहुमुखी क्याम्पस विस्तारित कार्यक्रम पालुङको नामबाट वि. सं. २०५३ सालमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन एवं मानविकी संकायको अध्ययन आरम्भ गरेसंगै तत्कालीन समयमा उच्च शिक्षाको आलोक यस भेगमा प्रवेश गरेको देखिन्छ । वि. सं. २०६० सालमा स्वायत्त शैक्षिक संस्थाको रुपमा पालुङ बहुमुखी क्याम्पसको जन्म भएको हो । त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन संकाय संचालन गर्न सम्बन्धन प्राप्त यो क्याम्पस २०६५ सालसम्म घट्टेचौरमा संचालन हुँदै आएकोमा त्यसपछि हालको स्थान र भवनबाट सञ्चालन भइरहेको छ ।