Education Enhancement Plan

शैक्षिक सुधार योजना

युगानुसार उत्कृष्ट शिक्षा प्रदान गर्नु नै यस संस्थाको उद्धेश्य हो । संस्थामा पर्याप्त सुधारको खाँचो छ । यसका लागि सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी, अभिभावक वर्ग लगायत सरोकारी सबैमा उन्नत सोच, कार्र्यतत्परता, योजना निर्माण तथा कार्यान्वयन निष्ठाका साथ हुनु आवश्यक छ । उच्च सोच प्रतिफलित हुन निम्न कार्यहरु यथासम्भव गरिनेछ ।


प्राध्यापक
प्राध्यापक वर्गले उत्कृष्ट प्रकृतिले प्राध्यापन गर्न निम्न पक्षमा परिमार्जन गरिनेछ।
क) विश्वविद्यालयले तर्जुमा गरेको विधिअनुरुप प्राध्यापन गर्ने ।
ख) आवश्यकताबमोजिम अभिमुखीकरण गोष्ठीमा सहभागी गराउने ।
ग) कार्यपत्र, सोधपत्र, लेखरचना तयार गर्न सहयोग पुग्ने उद्धेश्यका साथ कार्यशाला, गोष्टि र सेमिनारको व्यवस्था गर्ने ।
घ) प्रविधिमैत्री (अनलाइन प्रोजेक्टर) प्राध्यापन गर्ने÷गराउने ।

विद्यार्थी वर्ग
ज्ञानका प्रापक भएका विद्यार्थी वर्गमा निम्न पक्षमा सुधार गरिनेछ।
क) समयमा भर्ना र निरन्तर पठनमा जोड दिने ।
ख) एकाइ, मासिक, चौमासिक, वार्षिक परीक्षामा अनिवार्य सहभागी गराउने ।
ग) हरित वातावरणको सुधारका कार्यक्रममा सहभागी गराउने ।
घ) जिज्ञासु र अध्ययनशील हुनुपर्ने ।
ङ) श्रमदान, वातावरणीय स्वच्छता, वृक्षरोपण स्वयम्सेवी जस्ता क्याम्पसका क्रियाकलापमा अनिवार्यरुपमा सरिक हुनुपर्ने
च)नेतृत्व, उद्यमशिलता, व्यक्तित्व, ईमान्दारिता, अनुशासन र उत्प्रेरणामुलक कार्यक्रमलाई प्राथमिक्तामा राखिने ।
छ) क्याम्पस पोषाक र परिचयपत्र अनिर्वाय गरिने ।
ज) लेखा सास्त्र सम्वन्धी आवस्यक तालिमका लागी थाहा नगर शिक्षा शाखा सँग आवश्यक तालिमको लागी वजेट विनियोजन गर्न अनुरोध गरिने छ ।
झ) मानविकी संकायको सोधपत्र अनुसारको पत्रकारीता तालिमको लागी नगर शिक्षा शाखा सँग सहकार्य गर्ने ।

कर्मचारी वर्ग
समय र प्रविधिसँग हातेमालो गर्दै समर्पण र निष्ठाका साथ चल्ने कर्मचारी भएका संस्था धेरै हदसम्म उकालो लाग्छ । यसमा निम्न सुधार गरिनेछ ः
क) प्रविधिसँग काम लिन सक्षम हुने ।
ख) प्रविधिसम्बन्धी आवश्यक तालिमका लागी थाहा नगर शिक्षा शाखाको सहकार्य गर्ने ।

अभिभावक वर्ग वा अन्य सरोकारी वर्ग
अभिभावक तथा यसका हितैषी अन्य सम्बद्ध व्यक्ति, संघसंस्था, वित्तीय संस्थाहरु सबैका कार्यले क्याम्पस विकसित हुन प्रमुख भूमिका खेलेको छ । तसर्थ अब पनि यसलाई अझ विकसित किसिमले अघि बढाउन निम्न कार्यहरु गर्नेछ ।
क)विश्व विद्यालय शिक्षाको मोह तथा स्तरउन्नती गर्ने कार्यमा विद्यार्थिहरुको हौसला वढाउन क्याम्पस प्रशासन सगसगै अभिभावकको पनि उतिनै महत्वपुर्ण भुमिका हुने भएकोले अभिभावक सग प्रविधिमैत्री निरन्तर अन्तक्रिया, छलफल र गोष्ठीको आयोजना गर्ने ।
ख) क्याम्पस विकासमा थप बल पु¥याउन विश्वविद्यालय अनुदान आयोग, त्रि. वि. तथा अन्य सहयोगी एवम् हितैषी निकायको सुझावसमेत ग्रहण गरी सरोकार बर्ग, बैंक एवम् वित्तीय संस्था एवम् अन्य आवश्यक उपसमिति बनाउने ।

प्राध्यापक संघ
प्राध्यापकहरुको हकहितको लागि खोलिएको साझा प्राज्ञिक संस्थानै प्राध्यापक संघ हो । यही बमाजिम यस क्याम्पसमा पनि नेपाल पब्लिक क्याम्पस संघको इकाइ छ । प्राध्यापक इकाइ मार्फत् आएका प्राध्यापकहरुका जायज मागलाई यथासम्भव् सम्बोधन गर्न संचालक समिति मार्फत अधिकतम प्रयास गरि प्राध्यापकहरुलाई उत्प्रेरित गर्दै शिक्षा क्षेत्रलाई उपलब्धिमुलक बनाइने छ ।


स्ववियू र अतिरिक्त क्रियाकलाप
यस क्याम्पसको स्ववियूले ल्याएका विद्यार्थी हकहितका शैक्षिक उन्नयनका विविध कार्यक्रमहरुलाई उचित प्रकृतिले संचालन गरेर संस्थामा गुणात्मक सुधार ल्याउन उच्च प्रयास गरिनेछ । विद्यार्थीहरुलाई औपचारिक ज्ञानको अलावा उनीहरुभित्र निहित प्रतिभा प्रस्फुटन गराएर विश्वमा योगदान दिन सक्ने पूर्ण मानव बनाउन गीत, नृत्य, भलिवलजस्ता बौद्धिक र शारीरिक क्रियाकलाप गराउनु आवश्यक छ । यसको लागि निम्न कार्य गरिनेछ ।
क) हाजिरीजवाफ, वक्तृता, वादविवाद, गीत–कविता प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम गर्ने ।
ख) शारीरिक क्रियाकलाप भलिवल, बास्केट बल, टीटी बल प्रतियोगिता, दौड, ब्याडमिन्टन खेल आदि आयोजना गर्ने ।
ग) बौद्धिक प्रतियोगिता बुद्धिचाल आदि गर्ने ।
घ) अनुसन्धानमुखी अवलोकन भ्रमण गर्ने ।
उक्त कार्य गर्नका निमित्त स्ववियूका प्रमुख पदाधिकारी र लेखापालको संयुक्त हस्ताक्षर चल्ने गरि स्ववियूको नाममा बैक खाता खोलि विद्यार्थि कल्याणकोष शुल्क जम्मा गर्ने व्यवस्था लागु गरिनेछ ।

यातायातको व्यवस्था गर्ने
यस क्याम्पसमा अध्ययन गर्न यातायात सुलभ नभएका कारणले गर्दा विद्यार्थीहरुले चाहेर पनि अध्ययन गर्न नसकिरहेको अवस्थामा जनकल्याण प्राविधिक तथा मा.वि. को सहयोग र सहकार्यमा यातायत सुविधा लिन सहजिकरण गर्ने ।


सवलीकरण कक्षा
पढ्नु पर्ने वा पढेको पढाइलाई बल पु¥याएर परीक्षामा उच्च तहमा प्रश्न हल गर्न तथा उत्कृष्ट ज्ञान आर्जन गर्ने प्रकृतिको कक्षा विगत धेरै वर्षदेखि संचालन गर्दै आएको छ । यस वर्षमा अझ व्यवस्थित किसिमले प्रवन्ध गरिनेछ । जसमा प्रबिधिको प्रयोगबाट ज्ञान प्रदान गर्ने विविध उपाय जस्तै अनलाइन कक्षा, तह अनुरुपको फेसवुक ग्रुप, प्रोजेक्टर कक्षातर्फ उच्च प्रयास गरिनेछ ।


आर्थिक सुधार योजना
क्याम्पसको अर्थको मूल श्रोत विद्यार्थी नै हुन् । शैक्षिक उत्कृष्टता, यातायात, आवास आदिको व्यवस्था गरेर विद्यार्थीमा आकर्षण ल्याउनुपर्छ । यसो भएपछि मात्र अर्थको प्रमुख आधार बलियो हुन्छ तर हाल यसो हुँदाहुँदै पनि विद्यार्थी श्रोतले मात्र संस्था चल्ने अवस्था छैन । अझै केही वर्ष कुनै पर्छ । तसर्थ यस दृष्टिले बलियो बनाउन निम्न कार्यहरु गरिनेछ।
क) विद्यार्थी संख्या बढाउने ।
ख) नगरपालिकासँग उच्च शैक्षिक अनुदान बढाउने ।
ग) विश्वविद्यालय अनुदान आयोगबाट नियमित खर्च संचालन अनुदान अधिकमात्रामा पाप्त गर्ने परिस्थिति निर्माण गर्ने ।
घ) अनुदान प्राप्त गर्ने विभिन्न संघसंस्था र व्यक्तिसँग पहुँच पु¥याउने ।
ङ) मितव्ययी किसिमले खर्च गर्ने ।
च) दानदातव्य प्राप्त गर्न उच्च पहल गर्ने ।
छ) क्याम्पसको जग्गालाई कमाउन वा लिजमा दिएर रकम आर्जन गर्ने (कुईभीर र दमारको जग्गा गरी ३१ रोपनी जग्गा पनि) ।

बृहद अक्षयकोष निर्माण
हाल क्याम्पसको रु. ६५,००,०००।–(अक्षेरेपी पैंसट्ठी लाख रुपिया)को अक्षयकोष रकमलाई स्थानीय सरकार, व्यक्ति एवम् अन्य दातव्य संस्थासँग पहल गरेर रु. तीन करोडको बनाउन उच्च प्रयत्न गर्ने र गराउँदै जाने ।


भौतिक सुधार योजना
समयसँगै संस्था भौतिक रुपले सम्पन्न हुन आवश्यक छ । सुरक्षित र व्यवस्थित प्रकृतिको भवन हुनु आवश्यक छ । विभिन्न विषय, विभाग र प्रयोजनअनुरुपका कक्षहरु हुनु आवश्यक छ । यस दृष्टिले निम्न प्रकारका कार्य पूरा गर्नैपर्ने आवश्यकता छ र क्रमशः गरिनेछ ।
अल्पकालीन योजना
क) चउर व्यवस्थापन तथा हरित बातावरण निमार्ण कार्य भइरहेको छ ।
घ) प्रविधिमैत्री पठन एवम् पाठनको लागि आवश्यक तालिमका साथमा प्रोजेक्टर, ल्यापटप, कम्प्युटर विभिन्न निकाय मार्फत प्राप्त गर्ने प्रयास गर्ने ।
दीर्घकालीन योजना
क) ४ कोठाको अफिस भएको भवनमा ४ कोठा थप गर्दै पुस्तकालय एवम् वाचनालय व्यवस्थित गर्ने ।
ख) छात्राबास बनाउन उच्च प्रयास गर्ने ।
ग) ९ कोठे जीर्ण भवन विस्थापन गर्ने र पर्खाल निर्माण गर्ने ।
घ) सभाहललाई व्यवस्थित सुविधा सम्पन्न बनाउन उच्च प्रयास गर्ने ।
ङ) व्यवसायिक भवन बनाउन प्रयास गर्ने ।
च) स्व. वि. यू कक्षलाई व्यवस्थित गर्ने ।
छ) व्यवस्थित प्राविधिक कक्षको निर्माण गर्ने ।

पुस्तकालय/वाचनालय सुधार योजना
पुस्तकालयलाई गुरुको पनि गुरु भनिएको छ । पुस्तकालय आफैमा अतीत र वर्तमान विषयका विद्वानहरुको संगोष्ठी स्थल हो । विद्यार्थीहरुले चाहेका आवश्यक पुस्तक पढ्न पाउनु नैसर्गिक अधिकार हो । तर कोर्ष परिवर्तन, अपर्याप्त रकम आदिका कारणले विद्यार्थीहरुले यथेष्टमात्रामा पाठ्य तथा सन्दर्भ पुस्तकहरु प्राप्त गर्न सकेका छैनन् । यसको सुलभताको लागि निम्न प्रयासहरु गरिनेछ ः
१) आफ्नो नाममा पुस्तक प्रदान गर्ने सहयोगी संस्था वा व्यक्तिको खोजी गरिनेछ ।
२) अध्ययन समाप्त गरेका विद्यार्थीबाट सन्दर्भ÷पाठ्पपुस्तक प्राप्त गर्न उत्प्रेरित गरिनेछ ।
३) एक व्यक्ति एक पुस्तकको अभियान चलाई पुस्तक प्राप्त गर्ने जमर्को गरिनेछ
४) विभिन्न संघसंस्थासँग सम्बन्ध कायम गरी पुस्तक प्राप्त गर्न प्रयास गरिनेछ ।


संकाय थप
यहाँका श्रोत मा.वि.हरुवाट विज्ञान, स्वास्थ र शिक्षा जस्ता प्रमुख विषयमा आवश्यक मात्रामा विद्यार्थी उत्पादन भएपछि शिक्षा र विज्ञान सङ्काय थप गरी अध्ययन अध्यापन गराउनु यस क्याम्पसको प्रमुख दायित्व हो । उक्त सङ्काय संचालन गर्न आवश्यक पर्ने विविध सरोकारी वर्गसग गम्भीर रुपमा छलफल चलाएर आवश्यक पूर्वाधार खडा गर्दै जाने दिशामा अग्रसर छ र हुनेछ । आजको युगको माग र चाहना अनुसारका विषय थप गर्दै अघि बढदा संस्था समुदाय र राष्ट्रको कल्याण हुने हुँदा यसतर्फ आवश्यक मात्रामा छलफल गर्दै योजनालाई अघि बढाइने छ । सञ्चालक समिति सग पुर्ण रुपमा छलफल र अन्तरक्रिया मार्फत शिक्षा संकाय थपको निमित्त उच्च प्रयास गरिनेछ ।


कर्मचारी सञ्चय कोषको व्यवस्थापन
प्राध्यापक एवम् कर्मचारी हितको निम्ति तयार गरिएको कोषमा दश प्रतिशतका दरले थप गरी राख्नुपर्ने नियम भए पनि रकम अभावका कारण दैनिक सञ्चालनमा केन्द्रित भै सो कोषमा विनियोजन गर्न छुटाएकोमा अबको बर्षदेखि थाहा नगरपालिका, विश्वविद्यालय अनुदान आयोग वा अन्य संस्थाबाट रकम प्राप्त भएको समयमा अनिवार्यरुपमा पहिलो प्राथमिक्तामा संचयकोषको रकम जम्मा गर्ने कार्य गरिनेछ । जसले गर्दा अवकाश लिने प्राध्यापक वा कर्मचारीलाई कोषमा रहेको रकमबाट उहाँहरुले पाउने रकम पुर्णरुपमा प्रदान गरि उच्च सम्मानका साथ विदा गर्ने व्यस्था हुनेछ जसले गर्दा प्राध्यापक तथा कर्मचारिमा थप उत्प्रेरण जाग्नेछ ।


सञ्चालक समितिको निर्वाचन
यस क्याम्पसको विधानबमोजिम निर्वाचित सञ्चालक समितिको पदावधि ३ वर्ष हुने व्यवस्था भएकोले वर्तमान् सञ्चालक समिति २०७९ फागुन ९ गते सर्वसम्मत चयन भएको व्यहोरा अवगत गराउदछु ।


धन्यवाद