शैैक्षिक संस्थाको कार्यलाई गुणात्मक र परिमाणात्मक रुपमा बढोत्तरी गर्न प्रशासन चुस्त, दुरुस्त हुनु अत्यावश्यक छ । व्यवस्थापनको उन्नत, दीर्घकालीन एवम् तत्कालीन जीवन चिन्तनलाई व्यवहारिकरुपमा पूरा गर्न सक्षम प्रशासक तथा प्रशासन हुनु आवश्यक छ । साथसाथै तदनुकूलको प्रशासन विभाग र कार्य हुनु पर्दछ । यसको लागि निम्न कार्य यथासम्भव गर्ने योजना रहेको छ ः
क) प्राध्यापकलाई प्राध्यापन भार यथासम्भव कम गर्ने ।
ख) प्राध्यापकलाई स्तरोन्नति गर्न आवश्यक्ता अनुरुपको तालिमको व्यवस्था गर्ने ।
ग) प्राविधिक अपरेटरको व्यवस्था यथासम्भव गर्ने ।
घ) आवश्यक्ता अनुसार आंशिक प्राध्यापक थप गर्ने ।
ङ) छात्रवृत्ति अभियानलाई निरन्तरता दिने ।
च) समय तालिका÷क्यालेण्डर÷ब्रोसर निर्माण गरी कार्यान्वयन गर्ने ।
छ) आवश्यक प्रविधिमैत्री शिक्षा प्रणालीको बिकास तथा विस्तारलाई कार्यान्वयन गर्ने ।
ज) क्याम्पस परिसरमा हरित बातावरण निर्माण गर्ने ।


