Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्षा, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

पालुङ क्याम्पस -वार्षिक नीति तथा कार्यक्रम–२०८२/०८३

Activities

पालुङ क्याम्पस -वार्षिक नीति तथा कार्यक्रम–२०८२/०८३

पृष्ठभूमिपर्यटकीय नगरी ऐतिहासिक कालदेखिको पालुङ शहर आधुनिक रुपमा शहरोन्मुख लघु उपत्यका संघीय राजधानी काठमाण्डौ र बागमती...

Campus

Palung Multiple Campue - Thaha Municipality

zoom मिटिङ सम्वन्धि सुचना

palung campus is inviting you to a scheduled Zoom meeting. Topic: palung campus building constructionTime: Sep 11, 2024 08:00...

पृष्ठभूमि
पर्यटकीय नगरी ऐतिहासिक कालदेखिको पालुङ शहर आधुनिक रुपमा शहरोन्मुख लघु उपत्यका संघीय राजधानी काठमाण्डौ र बागमती प्रदेशको राजधानी हेटौंडाको मध्य भागमा महाभारत पर्वतको काखमा मकवानप्रको उत्तरी क्षेत्र पूर्वमा इन्द्रसरोवरदेखि पश्चिममा कैलाश गाउँपालिका,उत्तरमा धादिङको थाक्रे गाउँ पालिका र दक्षिणमा भीमफेदी गाउँपालिकाको बीचमा स–सानो सुन्दर उपत्यका थाहा नगरपालिकाको वडा नं. ३ खेल्पुडाँडामा त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गरी वि. सं. २०६० साल भाद्र ५ गते देखि स्नातक तहको उच्च शिक्षा हासिल गर्ने एक मात्र सामुदायिक क्याम्पस हो ।वि.सं.२०१४ सालबाट विद्यालय सञ्चालन गरेको यस भेगले वि.स. २०२६ सालमा आइपुग्दा माध्यमिक तहको अध्ययन आरम्भ गरेको इतिहास भेटिन्छ भने त्यसको २७ वर्षपछि मकवानपुर वहुमुखी क्याम्पसको सहयोगमा मकवानपुर बहुमुखी क्याम्पस विस्तारित कार्यक्रम पालुङको नामबाट वि. सं. २०५३ सालमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन एवं मानविकी संकायको अध्ययन आरम्भ गरेसंगै तत्कालीन समयमा उच्च शिक्षाको आलोक यस भेगमा प्रवेश गरेको देखिन्छ । वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन सङ्काय सञ्चालन गर्न सम्बन्धन प्राप्त यो क्याम्पस २०६५ सालसम्म घट्टेचौरमा सञ्चालन हुँदै आएकोमा त्यसपछि हालको स्थान र भवनबाट सञ्चालन भइरहेको सवैमा अवगतै छ ।

१.आगामी योजना
यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण र उच्च सहयोगका कारणबाट यो क्याम्पस २३ औँ वसन्तमा यात्रा गर्न सफल भएको हो । यो २२ वर्षमा प्राप्त गरेका सकारात्मक उपलब्धी, विचार, व्यवहार अनि मातृ संस्था त्रि. वि. तथा मकवानपुर बहुमुखी क्याम्पस एवम् अन्य संघसंस्थाहरुसँगको सुसम्बन्ध, अध्ययन–अवलोकन, नीति नियमहरुको अध्ययनबाट प्राप्त ज्ञान तथा यसका सहयोगी, हितैषीहरुबाट प्राप्त सल्लाह सुझाबलाई आत्मसात गरी पूर्वघोषित सुसंकल्पको जगमा आगामी योजना बनाइएको छ ।


२.मानव संसाधन व्यवस्थापन
यस संस्थामा प्राध्यापक एवम् कर्मचारी गरी जम्मा १५ जना जनशक्ति कार्यरत छन् । जसमध्ये प्राध्यापक ३ जना स्थायी र ९ जना आंशिक छन् भने कर्मचारी ३ जनामा लेखापाल १ जना र सरसफाइ कर्मचारी २ जना करारमा १ जना कार्यालय सहयागी स्थायी छन् ।आर्थिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक्ता वमोजिम स्थायी करार र आंशिक प्राध्यापक तथा कर्मचारी थपघट गरिनेछ ।


३.प्राध्यापक तथा कर्मचारी श्रोत एवम् खर्चः
आजको अवस्थामा सम्म पनि पर्याप्त विद्यार्थी सङ्ख्या नहुदा प्राध्यापक कर्मचारीलाई तलब भत्ता समयमा प्रदान गर्न सकिएको छैन । तर पनि उहाँहरुले ढिलो चाडो नभनी दत्त चित्त भएर यस भेगका समुदायको उच्च शिक्षाप्रतिको चाहना र आवश्यक्ता पूरा गर्दै आइरहनुभएको छ । यस क्याम्पसले स्थापनाकाल देखिनै ऋण र दान दातव्यमा सञ्चालित हँुदै २३ औं वर्षमा प्रवेश गर्न लाग्दा पनि आर्थिक सङ्क्रमणको अवस्था झेलिरहेको छ । समुदायको निम्न तथा मध्यम वर्गमा पनि उच्च शिक्षामा पहुँच पुगोस र अध्ययन अध्यापन गर्नकै लागि ठूलो आर्थिकभार वहन गरेर आफ्ना छोराछोरीलाई काठमाडौ तथा हेटौडा राख्न नपरोस् भन्नकै लागि तपाई हामी यस भेगका सम्पूर्ण समुदायले यस क्याम्पसलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आइरहेका छौं यद्यपी आज देशको अवस्था वैदेशिक रोजगार तथा अध्ययनका लागि कक्षा १२ पछि नेपालमा नै उच्च शिक्षा अध्ययन गर्ने सँख्या देशव्यापी रुपमा नै घट्दै गइरहेको र देशभित्र अध्ययन गर्ने विद्यार्थीहरु पनि शहरकेन्द्रित हुने र समयानुकूल प्राविधिक तथा रोजाइका विषय नहुनुका कारण पनि हाम्रो क्याम्पसको उद्धेश्य, लगानी र प्रतिफलको बीचमा तालमेल नमिलेको होकि सोचनीय अवस्था रहेको छ ।


४.क्याम्पस सुधार योजना
वि. सं. २०६० मा स्थापना भएको यस क्याम्पसले २३ औं वसन्तमा प्रवेश गर्दा पनि आधारभूत रुपमा आजको प्रतिस्पर्धात्मक वैज्ञानिक प्रविधिमैत्री युगमा आर्थिक, भौतिक, प्राविधिक, यातायात, व्यवस्थापकीय आदि पक्षका समस्यासँग जुध्दै यहाँसम्म आएको अवस्था छ । पर्याप्त भौतिक पूर्वाधार भवन, शौचालय, पुस्तकालय खेल मैदान , खानेपानीको अवस्था सन्तोषजनक रहेको छ तर आर्थिक पक्षमा भने दिनानुदिन कमजोर बन्दै गइरहेको छ । झिनो रुपमा प्राप्त हुने विश्वविद्यालय अनुदान आयोगको रकम,न्यून विद्यार्थीबाट उठेको शुल्क,अक्षय कोषको व्याज र नगरपालिकाको वार्षिक रुपमा प्राप्त हुने अनुदान नै आर्थिक स्रोतको रुपमा रहेको छ । उच्च शिक्षा प्रदान गर्न दृढसङ्कल्पित यस क्याम्पसले आगामी दिनमा नयाँ शिराबाट अगाडी बढ्नु पर्ने छ जसका लागि प्राविधिक विषयहरुको सम्बन्धन पनि यी समस्यालाई समाधान गर्र्दै यस भेगकै शैक्षिक यात्रालाई नवीन प्रकृतिले अघि बढाउनु पर्ने टड्कारो आवश्यकता विद्यमान छ । यस मूल्यमा संस्थाको शैक्षिक वर्ष २०८३/८४ लाई बढी उपलब्धीमूलक बनाउन निम्न उल्लेखित अनुरुपका कार्यसम्पन्न गर्र्दै जाने योजना बनाइएको छ ।


५.प्रशासन सुधार योजना
शैैक्षिक संस्थाको कार्यलाई गुणात्मक र परिमाणात्मक रुपमा बढोत्तरी गर्न प्रशासन चुस्त,दुरुस्त हुनु अत्यावश्यक छ । व्यवस्थापनको उन्नत, दीर्घकालीन एवम् तत्कालीन जीवन चिन्तनलाई व्यवहारिकरुपमा पूरा गर्न सक्षम प्रशासक तथा प्रशासन हुनु आवश्यक छ । साथसाथै तदनुकूलको प्रशासन विभाग र कार्य हुनु पर्दछ । यसको लागि निम्न कार्य यथासम्भव गर्ने योजना रहेको छ ः
क) प्राध्यापकलाई प्राध्यापन भार यथासम्भव कम गर्ने ।
ख) प्राध्यापकलाई यथासम्भव स्तरोन्नति गर्ने ।
ग) आवश्यक्ता अनुसार आंशिक प्राध्यापक थप गर्ने
घ)े छात्रवृत्ति अभियानलाई निरन्तरता दिने ।
ङ)ेसमय तालिका÷क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्ने ।
च) आवश्यक प्रविधिको विस्तार र कार्यान्वयन गर्ने ।


६.शैक्षिक सुधार योजना
युगानुसार उत्कृष्ट शिक्षा प्रदान गर्नु नै यस संस्थाको उद्धेश्य हो । संस्थामा पर्याप्त सुधारको खाँचो छ । यसका लागि सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी, अभिभावक वर्ग लगायत सरोकारी सबैमा उन्नत सोच, कार्र्यतत्परता, योजना निर्माण तथा कार्यान्वयन निष्ठाका साथ हुनु आवश्यक छ । उच्च सोच प्रतिफलित हुन निम्न कार्यहरु यथासम्भव गरिनेछ ः
क.प्राध्यापक
प्राध्यापक वर्गले उत्कृष्ट प्रकृतिले प्राध्यापन गर्न निम्न पक्षमा परिमार्जन गरिनेछ ः
क) विश्वविद्यालयले तर्जुमा गरेको विधिअनुरुप प्राध्यापन गर्ने ।
ख) आवश्यकताबमोजिम अभिमुखीकरण गोष्ठीमा सहभागी गराउने ।
ग) कार्यपत्र, सोधपत्र, लेखरचना तयार गर्न सहयोग पुग्ने उद्धेश्यका साथ एक दिने कार्यशाला गर्ने ।
घ) प्रविधिमैत्री प्राध्यापन गर्ने÷गराउने ।
ख. विद्यार्थी वर्ग
विद्यार्थी वर्गमा निम्न पक्षमा सुधार गरिनेछ ः
क) समयमा भर्ना र निरन्तर पठनमा जोड दिने ।
ख) आन्तरिक एवंम त्रि.वि. परीक्षामा अनिवार्य सहभागी गराउने ।
ग) वातावरणको सुधारका कार्यक्रममा सहभागी
घ) जिज्ञासु र अध्ययनशील हुनुपर्ने ।
ङ) श्रमदान, वातावरणीय स्वच्छता, वृक्षारोपण स्वयम्सेवीजस्ता क्याम्पसका क्रियाकलापमा अनिवार्यरुपमा सरिक हुनुपर्ने
ग.कर्मचारी वर्ग


समय र प्रविधिसँग हातेमालो गर्दै समर्पण र निष्ठाका साथ चल्ने कर्मचारी भएका संस्था धेरै हदसम्म उकालो लाग्छ । यसमा निम्न सुधार गरिनेछ

क) प्रविधिसँग काम लिन सक्षम हुने ।
ख) प्रविधिसम्बन्धी आवश्यक तालिम दिने ।

घ. अभिभावक वर्ग वा अन्य सरोकारी वर्ग
अभिभावक तथा यसका हितैषी अन्य सम्बद्ध व्यक्ति, संघसंस्था, वित्तीय संस्थाहरु सबैका कार्यले क्याम्पस विकसित हुन प्रमुख भूमिका खेलेको छ । तसर्थ अब पनि यसलाई अझ विकसित किसिमले अघि बढाउन निम्न कार्यहरु गर्नेछ ः
क) सरोकारी सबै वर्गसँग प्रविधिमैत्री समेतको गोष्ठीको आयोजना गर्ने
ख) क्याम्पस विकासमा थप बल पु¥याउन विश्वविद्यालय अनुदान आयोग, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, त्रि. वि. तथा अन्य सहयोगी एवम् हितैषी निकायको सुझावसमेत ग्रहण गरी अभिभावक, छिमेकी, बैंक एवम् वित्तीय संस्था एवम् अन्य आवश्यक उपसमिति बनाउने ।
ङ सवलीकरण कक्षा
पढ्नु पर्ने वा पढेको पढाइलाई बल पु¥याएर परीक्षामा उच्च तहमा प्रश्न हल गर्न तथा उत्कृष्ट ज्ञान आर्जन गर्ने प्रकृतिको थप अतिरिक्त कक्षा विगतदेखिनै संचालन गर्दै आइरहेको र यसलाई व्यवस्थित किसिमले प्रवन्ध गरिनेछ । जसमा प्रबिधिको प्रयोगबाट ज्ञान प्रदान गर्ने विविध उपायहरुको उच्च प्रयास गरिनेछ ।


७. आर्थिक सुधार योजना
क्याम्पसको अर्थको मूल श्रोत विद्यार्र्थी नै हुन् । यस क्याम्पसले पछिल्लो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्र्दै आइरहेको भएता पनि पर्याप्त विद्यार्थी सङ्ख्या नहुदा आर्थिक संकट वेहोर्नु परेको छ । आगामी दिनहरुमा विविध अभिमुखीकरण सम्वन्धी कार्यक्रम ,छलफल र गोष्ठीहरु आयोजना गरी उच्च शिक्षाप्रतिको चहानालाई बढोत्तरी गरिनेछ । यसो भएपछि मात्र अर्थको प्रमुख आधार बलियो हुन्छ तर हाल यसो हुँदाहुँदै पनि विद्यार्थी श्रोतले मात्र संस्था चल्ने अवस्था छैन । । तसर्थ यस दृष्टिले बलियो बनाउन निम्न कार्यहरु गरिनेछ ः
क) विद्यार्थी सङ्ख्या बढाउने ।
ख) नगरपालिकासँग उच्च शैक्षिक अनुदान बढाउने ।
ग) प्रदेश सरकारबाट नियमित खर्च सञ्चालन अनुदान प्राप्त गर्ने परिस्थितिको लागि लविङ गर्ने ।
घ) विश्वविद्यालय अनुदान आयोगबाट नियमित खर्च सञ्चालन अनुदान अधिकमात्रामा पाप्त गर्ने परिस्थिति निर्माण गर्ने ।
ङ) अनुदान प्राप्त गर्ने विभिन्न संघसंस्था र व्यक्तिसँग पहुँच पु¥याउने ।
च) मितव्ययी किसिमले खर्च गर्ने ।
छ) दानदातव्य प्राप्त गर्न उच्च पहल गर्ने ।
ज) क्याम्पसको जग्गालाई कमाउन वा लिजमा दिएर रकम आर्जन गर्ने (कुईभीर र दमारको जग्गा गरी ३१ रोपनी जग्गा पनि) ।


८.बृहद अक्षयकोष निर्माण
हाल क्याम्पसको रु. ६५,००,०००।–(अक्षेरेपी पैंसट्ठी लाख रुपिया)को अक्षयकोष रकमलाई स्थानीय सरकार, व्यक्ति एवम् अन्य दातव्य संस्थासँग पहल गरेर रु. तीन करोडको बनाउन उच्च प्रयत्न गर्ने र गराउँदै जाने । साथै आर्थिक अभावको कारण कुनै पनि विद्यार्थी विश्व विद्यालय शिक्षा हासिल गर्नबाट बन्चित नहुन भन्ने अपेक्षाका साथ छात्रवृत्ति वितरण कोष निमार्ण गर्न सहयोगी व्यक्ति तथा सघ संस्थासँग सहयोग लिने कार्यलाई निरन्तरर्ता दिइनेछ ।


९.भौतिक सुधार योजना
यस क्याम्पसले विगतका केहि वर्षमा भौतिकपक्ष भने उल्लेखनीय सुधार गरेको छ अझ सुधार गर्दै लगिने योजना छ ।चालु आ.व.मा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ६ कोठे भवनको तेस्रो तलाको अधुरो काम पूरा भएको छ भने सबैतिर प्लाष्टर र रंगरोगनको काम सम्पन्न भएको छ । साथै चउर व्यवस्थापन तथा प्रविधिमैत्री पठन पाठनको लागि प्रोजेक्टर, ल्यापटप, कम्प्युटर आवश्यक मात्रामा जुटाउने प्रयास जारी छ । दीर्घकालीन योजना अन्तर्गत छात्रावास बनाउन उच्च प्रयास गरिने छ । साथै व्यवस्थित प्राविधिक कक्षको निर्माण गरिनेछ ।


१०.पुस्तकालय÷वाचनालय सुधार योजना
पुस्तकालयलाई गुरुको पनि गुरु भनिएको छ । विद्यार्थीहरुले चाहेका आवश्यक पुस्तक पढ्न पाउनु नैसर्गिक अधिकार हो । तर कोर्ष परिवर्तन, अपर्याप्त रकम आदिका कारणले विद्यार्थीहरुले यथेष्टमात्रामा पाठ्य तथा सन्दर्भ पुस्तकहरु प्राप्त गर्न सकेका छैनन् । यसको सुलभताको लागि निम्न प्रयासहरु गरिनेछ ः
१) आफ्नो नाममा पुस्तक प्रदान गर्ने सहयोगी संस्था वा व्यक्तिको खोजी गरिनेछ ।
२) अध्ययन समाप्त गरेका विद्यार्थीबाट सन्दर्भ÷पाठ्पपुस्तक प्राप्त गर्न उत्प्रेरित गरिनेछ ।
३) एक व्यक्ति एक पुस्तकको अभियान चलाई पुस्तक प्राप्त गर्ने जमर्को गरिनेछ
४) विभिन्न संघसंस्थासँग सम्बन्ध कायम गरी पुस्तक प्राप्त गर्न प्रयास गरिनेछ ।

११. सङ्काय थप
यहाँका श्रोत मा.वि.हरुवाट विज्ञान,स्वास्थ र शिक्षा जस्ता प्रमुख विषयमा आवश्यक मात्रामा विद्यार्थी उत्पादन भएपछि शिक्षा र विज्ञान सङ्काय थप गरी अध्ययन अध्यापन गराउनु यस क्याम्पसको प्रमुख दायित्व हो । उक्त सङ्काय सञ्चालन गर्न आवश्यक पर्ने विविध सरोकारी वर्गसंग गम्भीर रुपमा छलफल चलाएर आवश्यक पूर्वाधार खडा गर्दै जाने दिशामा अग्रसर छ र हुनेछ । आजको युगको माग र चाहना अनुसारका विषय थप गर्दै अघि बढ्दा संस्था समुदाय र राष्ट्रको कल्याण हुने हुँदा यसतर्फ आवश्यक मात्रामा छलफल गर्दै योजनालाई अघि बढाइने छ ।
१२.परिषद सदस्यः
यस क्याम्पसको विधान बमोजिम गठित २२२ परिषद सदस्यहरुमध्ये लगभग ३९ जना परिषद् सदस्यहरुको अवसान भएको र केही परिषद् सदस्य गैर आवासीय नेपाली भएको , विगतमा यस क्षेत्रलाई कार्यक्षेत्र बनाएका शिक्षा प्रेमी महानुभावहरु हाल यहाँ नरहेको र केही निष्कृय देखिएकाले त्यस्ता परिषद सदस्यलाई प्रतिस्थापित गरी नयाँ परिषद सदस्यको चयन गर्दा क्याम्पसको शैक्षिक एवंम भौतिक उन्नतिमा थप टेवा पुग्ने देखिएको छ । यसको निरन्तरता समयको माग अनुसार गर्दै लैजानु पर्ने देखिन्छ । यसै पावन उद्धेश्यका लागि अध्ययनरत विद्यार्थीका अभिभावक, उच्च शिक्षाप्रेमी दाता, यस क्याम्पसलाई औधी माया गर्ने सामाजिक अगुवा, राजनितिक व्यक्तित्व, उद्योगपति , शिक्षाविद आदिलाई प्रमुख प्राथमिकतामा राखी परिषद सदस्यलाई पूर्णता दिनका लागि प्रयास भएकोमा अहिलेसम्म पूरा नभएकाले थप गम्भीर अध्ययन गरी छनौट गर्न तिन वा पाचँ सङ्ख्याको एक परिषद चयन समिति निर्माण गरी सो बाट परिषद सदस्य सङ्ख्या पूरा गर्दा उपयुक्त हुने दृष्टिकोण यहाँहरुको माझमा प्रस्तावको रुपमा पेश गर्दछु ।


धन्यवाद

Previous articleCampus

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...