Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्षा, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

देश आफै बन्दैन ! बनाउने हो ।

Activities

Campus

Palung Multiple Campue - Thaha Municipality

zoom मिटिङ सम्वन्धि सुचना

palung campus is inviting you to a scheduled Zoom meeting. Topic: palung campus building constructionTime: Sep 11, 2024 08:00...

पालुङ क्याम्पसले १२ कक्षा उतिर्ण विद्यार्थीलाई अभिमुखिकरण तथा सम्मान गरेकाे छ ।

थाहा नगरपालिकाको एकमात्र स्नातक तह अध्यापन हुने क्याम्पस पालुङ क्याम्पसले आफ्नो आयोजना तथा थाहा नगरपालिका शिक्षा शाखाको सहयोगमा विश्वविद्यालय शिक्षा, आजको आवश्यक्ता,...

सानोभाइ कार्की

संस्थापक अध्यक्ष -पालुङ् क्याम्पस

आज मुलुकलेआहवान गरिरहेछ, हे युवाहरु हो आऊ मसंग भएको अथाह शक्तिलाई उपयोग गर ।परिवर्तनको चहाना तिमीहरुमा छ र चाहन्छौ भनेअसीमित शक्तिलाई भनेर होइन, गरेर देखाउ ।म चिच्याइरहेछु, यहाँसुन्नेहरुकोअभाव भयो। सन्नेहरुले सुने मात्र, गर्न बाकी रह्यो । एकपटक गहिरिएर हेर त ।
हिमाल चिन्ता गरिरहेछ , आज शक्तिशालीहरुको स्वार्थले मेरो अस्तित्व धरापमा पर्दैछ, झनै चिन्ता छ। परिवर्तित जल उपयोगबिहिन खेर गै रहेछ । जङल दुःखी स्वरमा ललकारिरहेछ, मृत सन्जीवनी बोकेको
मेरो शक्ति काही कसलै चिन्न सकिरहके छैन । पहाडहरु मौन छन्, बस्तीहरु निराश छन् । युवाहरुको आशा
निराशामा बदलिदैछ । तराई र भित्री मधेशका उर्वरा भूमिहरु तडिपिरहेछ । सिचाइकोअभावमा काकाकलुको कथा बोकेका मात्र छैनन उर्बराभूमिको उर्वरताको शक्तिले जुवाको दाउ जस्तै मौकाको पर्खाइमा रहनु पर्दा एकातिर उसको शक्ति, क्षमता प्रदर्शनमा हारेको महशुस त भएकैछ, मुलुकबासीको बाँच्नको लागि प्राप्त स्वावलम्विता परावलम्वितामा रहनु परेको छ । स्वाभिमानले सहारा लिनु परेको छ । पहाडबाट झरेका झरनाहरुको सुमधरु यात्रामा डुब्नेअवसर, रङ्गीचङगी चराचुरुङीहरुको सुमधुर स्वरहरुबाट निस्कने ध्वनीहरुको श्रवणबाट हनुमन्त्र मुग्धता, विविधतामा फुलिरहने फूलहरु, झुलिरहने बोटबिरुवाहरु, वन र बुट्यानहरुको प्राकृतिक स्वरुपहरुको रसास्वादन गरेर समयको उपयोग र आत्मसन्तुष्टि लिन चाहने
जमातहरुलाई भित्र्याउने, देखाउने र टिकाउने सोच ,क्रियाकलाप र योजनाहरुको अभावमा जन्मदै मर्दै गर्नु
परेको परिस्थितिमा मुलुकले आह्वान गरिरहेछ ।


हे युवाहरु जुट, अघि बढ, भूमिकामा आउ अनि यी एक पछि अर्को बहानामा खेर गैरहेको अदित्तीय श्रोत र
साधनलाई उपयोग गर, देशलाई सुन्दर, अनि सम्वृद्ध बनाऊ, जनतालाई लखेट्ने होइन भित्र्याऊ, अड्याऊ
र उनीहरुमा रहेको शक्तिको प्रयोग गरेर जनतालाई सुखी बनाऊ, खुशी बनाऊ । हेर संसारका कैयौ
मुलुकहरुमा शक्तिलाई आयात गरेर मुलुकको परिवर्तन गरेका । यहाँ असम्भव छैन, असम्भव त केबल
मूर्खहरुको डायरीमामात्र हुन्छ भन्ने वाक्यलाई सापट लिदा गलत हुदैन । यदि यहाँ अभाव छ भने केवल
साेचकोअभाव छ, उपयक्तु व्यक्तिकोअवसरको अभाव छ र केवल अवसरकाहरुको दृिष्टकाेणको अभाव
छ र त्यो दृष्टिकोणलाई वास्तविकतामा बदल्ने प्रतिबद्दताको अभाव छ ।
वास्तवमा युवाहरु तिनै हुन जाे उमेरले १८ वर्ष पुगेका ४० ननाघेका । उमेरले मात्र युवाको परिभाषित गर्दा सबैमा न्याय हुदैन । त्यो उमेर समुहमा रहकाे शारीरिक र मानसिक स्वस्थता, जिम्मेवारी परिपक्कता
हौसला अनि दृढता, परिवर्तनको चहानामा रहेको लगनशीलता, आफ्नो उपस्थितिमा अरुमा प्रकाश छर्ने
क्षमता, क्षमतामा नम्रता, ब्यबहारमा सरलता, कार्य सम्पन्नतामा सहजता, अनुशासनमा लौहता, प्राप्तिमा
गम्भीरता अनि अवसर नपाउँदा पनि धैर्यता र सहनशीलता रहेकैहरुबाट मात्र मुलुकले गरेको आह्वानको सम्बोधन गर्न सक्ने तथ्यमा अडिग रहेका र तेसको अवसरको खोजीमा रहेकाहरु यथार्थमा
युवाहरु हुन् । युवाहरु तिनै विशेषताका प्रतीक हुन् ।


चाहना निजी हो । परिस्थितिलाई यथार्थतामा बदल्ने युवाहरुको दायित्व हो । त्यो दायित्व ठिक समयमा
ठिक निर्णय गर्दा मात्र परिणाममा बदलिन सक्छ । अवसरको प्राप्ती पछि उस्को ब्यबहारले, कृयाकलापकाे, नतीजा मात्र छुट्याउन सक्छ कि बाेली र ब्यबहारको भिन्नता । वास्तवमा असम्भव केही छैन, असम्भव छ भने हामी भित्र रहेको विश्वासको, दृढताको, योजनाको, योजनालाई लक्षमा पुराउने र परिणाममा झल्काउने प्रतिबद्धताको । यही क्षणमा उपयुक्त यस घडीमा , युवाहरुको यो महासागरमा डुबुल्की मार्न र आफ्नो चाहना, क्षमता र शक्तिलाई प्रयोग गरी मुलुकले खाजेकाे समाजले चाहकाे हरके ब्यक्तिहरुको खाेजीमा अन्तर्निहित आफ्नो देशमा, आफ्नो परिवार संगै रमाउदै आफ्नो मानसिक र शारीरिक श्रम शक्तिको प्रयोगले मुलुकलाई सम्वृद्द, जनतालाई खुशी र सुखीको आवश्यकताको परिपूर्तिमा आफ्नो दिमागले सोचेको, नयनले देखेको, कर्णले श्रवण गरेको, विवेकले ठहर गरेको अनि बुिद्धले निर्णय गरेको मनन गरेको क्षणलाई यथासक्य मनस्थितिलाई परिस्थितिमा बदल्ने अवसरको खोजी युवाहरुको फोरमबाट नै हुन सक्ने ठहर मननीय छनै र ? तर परिस्थितिले यी सबै बकवास साबित हुन पुगेको छ । केबल कल्पनामा सिमित रहेकाे देखिन्छ ।

यहाँ प्रश्न उठ्छ किन ? बाधक के हो ? के परिवर्तन नभएकै होर ? यवुाहरुले केही नगरकै हुन त ? मुलुकमा पटक पटक भएको क्रान्तिले परिवर्तन ल्याएको छैन र ? उपर्युक्त खुल्दुलीहरुलाई निदान गर्न यी दुई भावपूर्ण शब्दहरुमा केन्द्रित हुनु कसो होला ?

पहिलो – आशान्वित परिवर्तन हुन नसक्नुको कारण
दोश्रो – परिवर्तन भयो भन्दै नथाक्ने हामीहरुको उत्तरमा देखिने परिणाम ।
तथ्यलाई खोजी गर्नका लागि एक पटक हामी पहिलोको चर्चातर्फ ध्यान लगाऊँ कि आशान्वित परिवर्तन हुन नसक्नुको कारण के हो ? मुलुकको सम्वृद्धि नीतिको निर्माण र त्यसको कार्यान्वयनबाट हुन्छ । नीति निर्माण गर्नको निम्ति दूरदृष्टि चाहिन्छ । दूरदृष्टिलाई दृष्टिकोण भनिन्छ । परिवर्तनको नीति मिल्नेहरुको एकीकृत स्वरुप संगठनात्मक पद्धति हो । सङठन निर्दिष्ट उद्देश्य पूर्ति गर्ने र सोबाट समाजको आवश्यकता र निरुपित श्रमिकहरुको पेशागत समस्या समाधानमा निहित हुन्छ र हुनुपर्दछ । यो दृष्टिकाेणमा आधारित सिद्धान्तबाट संचालित हुन्छ । सङ्ठनको बृहतस्वरुप पार्टी हो। जहाँ पृथकपृथक उद्देश्यहरुबाट निर्मित सङठनहरुको स्वार्थलाइ प्रतिनिधित्व गदर्छ । निदर्शे क र परिचालकको भूमिका निर्वाह गर्दछ र गरिनुपर्छ । यी सबैस्वार्थहरु चाहे सङ्ठनको होस् वा दल पार्टीको त्यो राष्ट्रिय स्वाथर्स गं जोडिएकोहुनुअनिवार्यशर्तहो। यसो हुदाहुदै पनि आशान्वित परिवर्तन हनु नसक्नुको कारण केहनु सक्ला ? यस्का पछाडिका कारणहरु यसो हुन सक्ला कि ?
१) राष्ट्रको राष्ट्रिय स्वार्थमा राजनैतिक पार्टीको स्पष्ट
लक्ष नहुनु ।
२) राष्ट्र सम्वृद्दिको नारा चर्को लगाउने तर योजना
नहुनु । शिक्षालाई उत्पादनसंग नजोड्नु, भएका उद्योग
धन्धा र कलकारखानाहरुमा राजनीतिक प्रभावमा
खोल्नुको सट्टा बन्द हुँदा सन्तोष मान्नु ।
३) दलहरु राष्ट्र निर्माणकार्य भन्दा सत्तारोहणको लागि
पूर्ण शक्ति केन्द्रित गर्नु
४) भातृ संघ सङठनहरु राष्ट्रिय स्वार्थमा भन्दा दलीय
स्वार्थमा लिप्त हुनु ।
५) राज्य सन्चालन बिधिमा भन्दा ब्यक्तिको सोच र
बुझाईको मुल नेतृत्वको चहानामा हावी हुनु ।
६) एक दल र अर्को दल बीच आरोप प्रत्यारोप
हदै सम्मको हुदा समर्थक ,शुभचिन्तक र कार्यएकता
छैन भन्दै रोजिरोटीको लागि आफ्नो मानसिक र
शारीरिक चिन्तन र श्रमलाई अर्काको मुलुक बनाउन
खर्चिनु विडम्बना होइन र ?

यसैको परिणाम स्वरूप आज गाउँघर यवुा विहिन हुनु उच्च शिक्षाको उपयाेगमा सम्भावनाको बदलामा अन्धकार मात्र देखिनुले दिन दगुुणा रात चौगुणाको दरले युवा पलायनतालाई कसरी बुझ्ने ? हिजोको परिस्थितिमा एकदलीय शासन थियो । हुकुमी शासनमा मुख बन्द थियो । जानेको र बुझेको कुरा बोल्नु लेख्नु अपराध मानिन्थ्यो र सजायको भागीदार हुन्थ्यो । अति जे भए पनि खती हो भन्ने मान्यता अनुरुप क्रान्ति भयो । परिवर्तन भयो । निरंकुशतन्त्रको अन्त भयो । लेख्न, पढ्न र बोल्न पाइयो । भनाै बन्द मुख खोलियो । तर कान बन्द गरियो । आँखा बन्द गरियो । यसलाई परिवर्तन भनियो । सारमा ब्यवस्था बदलियो अवस्था ज्युँका त्युँ रहयाे । किनकि हिजो आफ्नो पहुँचमा शक्ति र श्रोत नहुदा जे जे भनियो ,आफ्नोपालामा सुधारिएन । त्यसकै अनुशरणमा समय बिताइयो ।

पहिलो – परिवर्तनमा आउनु पर्ने संस्कार, शैली र पद्धतिमा जन आभास हनुेगरी प्रत्याभुत हुनेगरी जनताले आत्मानुभूत गर्न नपाउनु के यस्को कारण होइन र ?

दोश्रो– बुझ्नै नसकिने गरी जनताले उपभोग गरिरहकाे पक्ष के हो भने एउटै नेताले एक पक्षमा हो भन्छ र उसैले सोही विषयलाई होइन भन्छ । उही ब्यक्ति सत्तामा रहँदा सम्भावना नै सम्भावना देख्छ । आफुले गरेका कीतिहरु जनतालाई बिश्वस्त पार्दै हिडछ् जब उ सत्ताबाट बाहिरिन्छ, नकारात्मक मात्रै देख्छ र बहकिँदै हिँड्छ । यसो हुनुको मूल कारण राष्ट्र निर्माण कार्यमा स्पष्ट दृष्टिकाेणकोअभाव भन्नू काही कुनै आगह्र पुर्वाग्रह हाेलार ?

परिवर्तित राज्य सन्चालन बिधिले हिजोको एकतन्त्रीय शासन व्यवस्थाको ठाउँमा बहुदलीय व्यवस्थाले स्थान पायो । केन्द्रिकृत श्रोतलाई विकेन्दृकरण गरियो । तल्लो तहसम्म श्रोतको बाँडफाँड गर्ने अधिकार सुनुश्चित गरियो । श्रोतको बाँडफाडँ मात्र होइन श्रोत संकलनको अख्तियारीसम्म दिनु आफैमा सुधारिएको मान्नु पर्छ । यद्यपि त्यो हक र अधिकारलाई कसरी प्रयाेग गरियो? विधि र पद्धतिमा रहयाे या आफुले जानेकोलाई मान्यौ ? हाम्रा लगानीका क्षेत्रहरु र तिनीहरुले ल्याएको वर्तमान परिणामलाई छर्लङ्याइ रहेको छैन र ? शिक्षा, स्वास्थ्य, सुरक्षा, गाँस, बास , कपासको प्रबन्ध गर्न, उत्पादित क्षेत्रमा लगानी गरी जनताहरुको क्षमता अभिवृद्धि गर्न शिक्षामा सीप विकास, विकसित सीप र ज्ञानलाई स्थानीय श्रोत र साधनकोपरिचालनबाटस्वराजे गारमा वृिद्ध र उत्पादनमा जोड ग¥यौं ? यसो गरेको भए आज यो अवस्थाको सिर्जना किन भयो ? कसरी भयो ? नेताहरुले बोल्दै गरेकोभाषण रहामी आफ्नैभाेगाइको बीचमा तालमेल छ कि छैन ? सुनिन्छ, नेताहरुको लगानी मुलुक बाहिर घनिभूत छ । उनीहरुका बालबालिकाहरु मुलुक बाहिर
अध्ययनरत छन् । रोजगारमा बाहिर नै कमाउँछन् अनि रमाउँछन् । अनि धन कमाइसकेपछि नामका खातिर
मुलिक बनाउने बहानामा नाम कमाउन देशभित्र प्रवेश गर्छन् । अत्तालिएका र दिग्भ्रमित नागरिकहरुलाई
आश्वासन बाँड्छन् । त्यो भुलभुलैया हो वा वास्तविकता ? छुट्याउन नसक्दा फेरि अल्मलिनुको
बिकल्प भेट्टाउदैनन् । अतः समस्त युवाहरु यी सबै परिस्थितिमा अब अल्मलिने सुबिधा युवाहरुमा छैन । किनकि यो सत्य हो कि हाम्रो मुलुक अरुले कहिल्यै बनाइदिदैनन् । यदि हामी हाम्रो देशलाई समुन्नत हेर्न चहान्छौ भने बनाउने हामीले नै हो । यसका लागि युवाहरु जुट्नुको विकल्प कदापी छैन । युवाहरुमा भएका नवीनतम सोच र चिन्तनलाई स्थापित गर्न, वास्तविक रुपमा एकपछि अर्को गर्दै बित्दै गएको समयलाई सदुपयोग गर्न, अग्रजहरुबाट आशा गरिएको, विश्वास गरिएको तर परिणाम नभेट्टाएकोलाई आत्मसात गरी उनैका पछि लागरे होइन, अघि बढेर दलकोछहारीभित्र लुकेरहोइन दलभन्दा माथी उठेर राष्ट्र निर्माणका लागि बालकालको चुल्बुलाहट र युवा अवस्थाको अनुभवलाई समेट्दै असम्भव भित्रको सम्भावनाको खोजी गर्न विश्वका विकसित देश कसरी विकसित भए ? कस्ले ती देशहरुको विकास गरे ? कसरी गरे ? अनुभवलाई
आधार मानेर, विश्वासलाई आत्मसात गरेर अघि बढ्नु जरुरी छ । उदाहरणस्वरुप समदु्रमुिनकोदशे हल्याण्डको निर्माण, मरुभूमिलाई हराभरा बनाउन इजरायलको मिहेनत, जमिनमुनि सहरको निर्माण गर्ने दक्षिण कोरिया, आर्थिक बिकासमा विश्वलाई जित्ने चीन, विकासोन्मुख देशकै कित्तामा रहँदारहँदै शक्ति राष्ट्रको पङ्क्तिमा पुगेकाे भारत, एक एक क्षेत्रमा विशिष्टता हासिल गर्ने अमेरिका, रुस आदिबाट सिकाइ सिक्दै र कर्तब्यलाइ धर्म मानेर, पदलाई अवसर मानेर, योग्यता र सीपलाई गौरव मानेर, क्षमतालाई वरदान मानेर अब हामी हाम्रोदेश निर्माणमा समाहित हनुुर समयको आह्वानलाई सम्बोधन गररे आँखामा देश, चिन्तनमा देश, परिकल्पनामा देश, यत्रतत्र सर्बत्र मेरो देश र जनतालाई सर्वोपरी राख्दै जुटौँ, अघि बढौँ किनकि देश आफै बन्दैन बनाउने नै हो । यो युवाहरुको पहिलो रअन्तिम दायित्व हो, कर्तव्य हो र धर्म हो ।

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...